सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

डोटी – चिकित्सक माथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पताल डोटीको सेवा दुई दिनदेखि ठप्प पारेका छन् ।

काम गर्ने वातावरण नरहेको भन्दै जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन सहित डाक्टरहरुले जिल्ला समेत छोडेका छन् । आकस्मिक बाहेक सबै सेवा ठप्प हुँदा उपचारका लागि आएका बिरामीहरु मर्कामा पर्न थालेका छन् ।  उपचारमा आएकी स्थानीय महिलासंग भएको सामान्य विवादको विषयलाई लिएर जिल्ला अस्पताल डोटीमा कार्यरत जितेन्द्र सिंह माथि स्थानीय युवाहरुले आइतबार दिउँसो कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न रहेको आरोप दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का विजय सिंह विष्ट, टेक बहादुर विष्ट, हिक्मत विष्ट र वडा नं. ६ का अरुण महत रहेका छन् । जिल्ला अस्पतालमा काजमा आएका डाक्टर सिंहको दाँत भाचिनुका साथै टाउकोमा चोट लागेको छ ।

तपाईको प्रतिक्रिया