सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटीका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकार गर्नुभएको छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकार सम्मेलनमा डा. केसीले नागरिकता र प्रवेशिका (एसएसली) को चारित्रिक प्रमाण पत्र सार्वजनिक गर्दै आफ्नो जन्ममितिबारे जानकारी गराउनुभएको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिनको माग गर्दै आएका डा. केसीमाथि नै विभिन्न तहको बढुवाको क्रममा बुझाएको प्रमाण पत्रबारे प्रश्न उब्जिएको छ । केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नागरिकताअनुसार उहाँको जन्म २०१३ असोज २७ छ भने एसएलसीको चारित्रिक प्रमाण पत्रमा २०१३ माघ २४ गते उल्लेख छ । प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति हुन पुगेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’

नागरिकता र अन्य प्रमाणपत्र नबुझाएको भन्ने आरोप सत्य नभएको दाबी गर्दै उहाँले आफ्ना कागजात त्रिविका पदाधिकारीले गायब गरेर अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाउनुभयो भयो । उहाँले प्रधानन्यायाधीश पराजुलीलाई अबको संसद्ले महाअभियोग लगाएर हटाउनुपर्ने माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया