बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं–  दिनभर टाउको दुख्नुका साथै टाउको भारी हुने समस्या भएमा यो पानी अभावको संकेत पनि हुन सक्छ ।
०   शरीरमा पानीको कमी भएमा मस्तिष्कलाई पर्याप्त मात्रामा इनर्जी मिल्दैन । यस्तो अवस्थामा काम गर्दा मस्तिष्कमा बढी जोड दिनुपर्ने हुन्छ । जसले अत्यधिक थकाइ महसुस गराउँछ ।
०   आँखामा सुक्खापन आउने समस्या भएमा यो पनि पानी अभावको कारणले हुन सक्छ । पानीकै अभावमा आँखा सुन्निने, जलन हुनेलगायतका समस्या देखा पर्छ ।
०   शरीरमा पर्याप्त पानी नभएमा खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । जसका कारण कब्जियत र एसिडिटीको समस्या निम्तिन्छ ।
०   पानीको अभावले शरीरको छाला फुस्रो हुने समस्या हुन्छ ।

मनीष जैन
जनरल फिजिसियन

तपाईको प्रतिक्रिया