आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो–हेरचाह गृहमा रहेकी  ९९ वर्षकी वृद्धा महिलालाई दुर्व्यवहार गरेको आरोपमा गिफु प्रिफेक्चरको सेकीबाट प्रहरीले २७ वर्षिय केयरगिभरलाई पक्राउ गरेको छ ।
नदिको किनारामा रहेको युकु हेरचाह गृहमा रहेकी मारी मुतोलाई डिसेम्बर २४ तारिक राती ११ बजेको समयमा केयरगिभरले अनुहार र पेटमा पटकपटक लात्तीले हिर्काएको कारण पक्राउ गरिएको प्रहरीलाई उदृत गर्दै फुजी टेलिभिजनको समाचारमा उल्लेख गरिएको छ ।
वृद्धाहरुलाई भेटघाट गर्ने डाक्टरले दिएको जानकारीका आधारमा निजलाई पक्राउ गरिएको तर हेरचाह गृहका कर्मचारीले किन जानकारी नदिएको भनेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

वृद्दाको अहिले अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया