आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो– जापानमा नववर्षको आगमनसँगै छुट्टी मनाउने, परिवार र आफन्त भेट्नेहरुको संख्या बढेकाले घरेलु उडान तथा यातायातमा साधनमा निकै भिडभाड बढेको छ ।

ट्रेन संचालक अधिकारीहरुका अनुसार जेआर वेष्ट, जेआर इष्ट र तोकाईका ट्रेनमा १ सय २० देखि १ सय ९० प्रतिशत यात्रुको चाप बढेको, सिन्कान्सेनका आरक्षित सिट शुक्रबार नै बुकिङ सकिसकेको र अन्य सिटहरुपनि क्षमताभन्दा बढिको माग भैरहेको बताएका छन् ।

त्यस्तै हवाई सेवाका अधिकारीहरुका अनुसार टोकियोबाट हुने उडान शनिबार र आइतबारका लागि पनि सबै बुकिङ भैसकेको जनाएका छन् । नारिता एयरपोर्टबाट शुक्रबार नै ५३ हजार यात्रु ओसाकाको कान्साईका लागि र ८ हजार यात्रु चुबुबाट नायोयाका लागि गैसकेका र त्यो भन्दा बढि यात्रु शनिबार र आइतबारका लागि जान थालेको बताएका छन् । ट्राभल एजेन्सीका अनुसार ८ लाख ८० हजार यात्रुले हवाइ माध्यमबाट यात्रा गर्दैछन ।

राजमार्गमा यातायातका साधनको निकै नै भिडभाड रहेको छ । यातायात संचालकका अनुसार शनिबार बिहान तोमेई द्रुत राजमार्गमा ३० किलोकिटरसम्म र कान–एत्सु द्रुत राजमार्गमा २० किलोमिटरसम्म यातायातका साधनको लाम रहेको थियो । यात्रुहरुको फिर्ता जनवरी ३ पछि हुने भएकोले यस्तै अवस्था फिर्ता हुदाँपनि हुनसक्ने अनुमान गरिएको छ ।

अधिकारीहरुका अनुसार ठूला शहरमा फर्कने यात्रुहरुका कारण सम्पूर्ण यातायातका साधनहरुमा भिडभाड बढेको हो ।

तपाईको प्रतिक्रिया