बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – ठूला शहरको ठूलो समस्या भनेकै ट्राफिक व्यवस्थापन हो । ट्राफिक व्यवस्थापन हरेक देशको ठूलो शहरको ठूलो चुनौती हो ।

तर भारतको मध्यप्रदेशको इन्दोर शहरमा ट्राफिक प्रहरी रन्जित सिंह आफ्नो नृत्यबाट ट्राफिक व्यवस्थापन गर्दछन् । इन्दोरको ट्राफिक व्यवस्थापनमा उनको ठूलो हात रहेको छ ।

पहिले रेड लाइटमा समेत सवारी साधन नरोक्नेहरु अहिले ग्रीन लाइटमा समेत अगाडि बढ्दैनन् । उनीहरु सिंहको नृत्य हेरेर बस्ने गरेका छन् । उनी माइकल ज्याक्सनको जस्तै मूनवाक डान्स गर्दै ट्राफिक व्यवस्थापनमा खटिरहेका छन् ।

त्यस्तै उनी आफू माइकल ज्याक्सनको ठूलो प्रशंसक रहेको बताउँछन् । ‘म माइकल ज्याक्सनको ठूलो प्रशंसक हुँ । मैले १२ वर्षदेखि मूनवाकको नक्कल गर्दै ट्राफिक व्यवस्थापनमा खटिएको छु ।’ सिंह सामाजिक सञ्जालमा पनि एकदमै लोकप्रिय छन् । उनलाई फेसबुकमा २० हजारले पछ्याएका छन् ।

चलचित्र ‘ढिसुम’ को प्रमोसन गर्न कलाकारहरु जोन अब्राहम, कैटरीना कैफ र सिद्धार्थ मलहोत्रा इन्दोर पुगेर सिंहसँगै सडकमै नाचेका थिए ।

सिंहले अहिलेका युवाहरु लापरवाहीपूर्वक सवारी साधन चलाउने बताउँछन् । उनी अहिलेसम्म ४० जना युवकको शव उठाएको बताउँछन् । उनको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया