आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – अर्लाङ्कोट सेवा समाज जापानको अध्यक्षमा अर्जुन के.सी निर्वाचित हुनुभएको छ ।

हिजो टोकियोमा सम्पन्न दोस्रो अधिवेशनले के.सीको नेतृत्वमा २२ सदस्यीय कार्यसमिती गठन गरेको हो ।

जसमा, उपाध्यक्ष त्रयमा गोपाल सापकोटा, ऋषिराम घिमिरे, कमला कँडेल, सचिब सागर खरेल, सह– सचिब मेश खरेल, कोषाध्यक्ष राम प्रसाद खरेल, सह–कोषाध्यक्ष जयदेब खराल, सदस्यहरुमा तेज प्रशाद खरेल, कृष्ण प्रशाद खराल, मुकेश सापकोटा, गणेश क्षेत्री, यज्ञ मुर्ति खरेल, जनक शर्मा, सुबाश खरेल, रमा खरेल सापकोटा ,बिष्णु प्रसाद सापकोटा, खेमराज खरेल, डिलाराम कँडेल, प्रभा न्यौपाने, केशव खरेल र नारायणी सापकोटा अधिकारी रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि डिलाराम खरेलले प्रमाण पत्र बितरण गर्नु भएको थियो भने बिशिष्ट अतिथी एबं निर्वाचन संयोजक तुलसीराम खरेलले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो ।

संस्थापक अध्यक्ष टिकाराम खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका सकृय सदस्य एबं बर्तमान सचिब सागर खरेललेको संञ्चालन रहेको थियो ।

तपाईको प्रतिक्रिया