आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
नागोया – नेपाल मगर संघ जापानद्वारा आयोजनामा नागोयामा पनि सागर आले विशेष सांगीतिक कार्यक्रम हुने भएको छ। नागोयाको सकाए  स्थित ए.पी.ए होटलमा ३० डिसेम्बरको दिउसो १२ बजेदेखि सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। 
नेपाल आईडलको  प्रतिस्पर्धाबाट कम समयमा नै चर्चा कमाएका गायक सागर आलेले नागोयामा पनि सांगीतिक धमाका मच्चाउने भएका छन । साथै उनीसंगै आएका लोक तथा दोहोरी गायिका तारा श्रीष मगर र डान्सर बिष्णु दगामी मगरको पनि प्रस्तुति रहने छ। 
अंग्रेजी नयाँ  बर्ष २०१८ को  अवसरमा  गर्न लागिएको उक्त कायक्रमको मुख्य उदेश्य उठेको केहि रकम अशक्त ,असहाय बालबालिकाका लागि सहयोग गर्ने  संघका अध्यक्ष गंगा घर्ती मगरले जानकारी दिएका छन्। 
२ हप्ताको सांगीतिक यात्राको क्रममा जापानमा रहेका सागर आलेले डिसेम्बर २४ मा टोकियोमा आफ्नो प्रस्तुती दिई सकेका छन् । त्यसपछि क्रमश: डिसेम्बर २९ मा तोचिगी, ३० मा नागोया,  ३१ क्युसु र जनवरी १ मा ओसाकामा प्रस्तुति रहने नागोयाका कार्यक्रम संयोजक दिलिप राना मगरले जानाकारी दिए। 
साकाए  स्टेसनको २ नम्बर गेटबाट हिडेर ३ मिनेट लाग्ने उक्त सांगीतिक कार्यक्रममा सहभागी भै दिनका लागि नागोयाबासी नेपालीहरुमा आयोजक संस्थाले अनुरोध गरेको छ। ***  

तपाईको प्रतिक्रिया