आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो–जापानमा बिहीबारसम्म भारी हिमपात हुने र तिव्र गतिको हावाका कारण चिसो बढि नै हुनसक्ने मौषमविद्हरुले अनुमान गरेका छन् ।

मौसम विज्ञान विभागमा अनुसार आखोत्सक समुद्रमाथिको कम दबाब रहने वायु क्षेत्रका कारण मौसममा खराबी आउने एनएचकेको समाचारमा उल्लेख छ । यामागाता प्रिफेक्चरको साकाता सहरमा बुधबार बिहान १ सय ७ किलोमिटर प्रतिघण्टा भन्दा बढि दरमा हावाको गति आएको थियो ।
पूर्वोत्तरी जापानका निगाता, नागानो लगायत अन्य प्रिफेक्चरमा शितलहरका साथसाथै भारी हिमपात भएको छ । केही पहाडी इलाकामा पछिल्लो २४ घण्टाभित्र १ मिटरसम्म हिमपात भएको छ भने केही ठाउँमा समान्यभन्दा दुईगुणा बढि हिमपात भएको विभागले जनाएको छ । बुधबार बेलुका ६ बजेसम्म गुन्माकेनको मिनाकामी सहरमा १ सय ३१ सेन्टीमिटरसम्म हिमपात भएको रेकर्ड गरिएको छ ।

उत्तरी तथा मध्य जापानस्थित समुद्रका तटीय क्षेत्रमा बुधबार रातभर नै हिमपात भएको बताईएको छ । बिहिबार केही क्षेत्रमा अधिकतम १ सय ८ किलोमिटर प्रतिघण्टाको गतिमा बेजोड हावा चल्न सक्ने अनुमान मौसमविदहरुको रहेको छ । भारी हिमपातका कारण ७ मिटरसम्म समुद्रको छाल माथि आउनसक्ने चेतावनी उनीहरुले दिएका छन् । ***

तपाईको प्रतिक्रिया