बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले दोस्रो जित हात पारेको छ ।

आजको पहिलो खेलमा पोखराले काठमाडौं किङ्ग्स इलाभेनलाई ६ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा चितवन टाइगर्सलाई १० विकेटले हराएको पोखरा दोस्रो खेलमा विराटनगर बारियर्ससाग पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले दिएको ९९ रनको सामान्य लक्ष्य भेट्टाउन पोखराले १८.२ ओभर खेल्नु पर्‍यो भने ४ विकेट गुमायो । उसको सुरुवात राम्रो थियो ।

तपाईको प्रतिक्रिया