आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इण्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमे्रिकाको भिसा एप्लाई गरेका थिए ।

जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इण्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सन्दीप लामिछानेले खेल्न नपाउने निश्चित भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिषा आवेदन अस्विकार गरेसँगै उनले नेपालबाट विश्वकप खेल्न नपाउने निश्चित भएको हो ।

तपाईको प्रतिक्रिया