आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – वायु प्रदूषणबाट गर्भवती महिला बढी मात्रामा सावधान हुन जरुरी छ । किनभने गर्भवती महिलामा रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । त्यसैले वायुमा भएका जुनसुकै कीटाणुले पनि छिटो र सजिलै  आक्रमण गर्न सक्छ र गम्भीर रोगसमेत लाग्न सक्छ ।

वायु प्रदूषणले आमालाई मात्र नभएर पेटमा भएको बच्चाको स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याइरहेको हुन्छ । जन्मपछि बच्चाको वृत्तिविकासमा समेत असर पुर्‍याउने गर्दछ ।

गर्भवती महिलामा इम्युन सिस्टम कमजोर हुने भएकाले वायु प्रदूषणका कारण तनाव तथा बेचैनीको समस्या तत्काल देखिन्छ ।

वायु प्रदूषणका कारण गर्भवती महिलाको श्वासनली पोल्नेलगायतका समस्या देखिनुका साथै श्वासप्रश्वास गर्न पनि गाह्रो हुने गर्छ । त्यसैले जरुरी कामबाहेक गर्भवती महिला घरबाट बाहिर निस्कनु स्वास्थ्यका लागि भारी पर्न सक्छ । यदि निस्किहाले पनि सावधानी अपनाउन जरुरी हुन्छ।

यसै पनि वायु प्रदूषण मानव शरीरका लागि हानिकारक मानिन्छ । यस्तो प्रदूषणले मानिसलाई रोगी बन्न बाध्य पार्छ ।

काठमाडौंमा बढ्दो वायु प्रदूषणसँगै फोक्सोका रोगीको संख्या पनि भारी मात्रामा बढेको छ । यस्ता समस्या बच्चामा पनि बढ्दै गएको छ । वायु प्रदूषण गर्भवती महिलाका लागि अझ बढी खतरनाक हुन्छ । ***

तपाईको प्रतिक्रिया