Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले बढाएको हो । निगमले १५ दिनको फरकमा पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । यसअघि निगमले मंसिर २२ गते इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । खाना पकाउने र हवाई इन्धनको मुल्य भने बढाइएको छैन् । निगमको स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजना गरिएको गोइतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया