आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – एसीसी अण्डर सिक्सटिन इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली टोली आज स्वदेश फर्कंदैछ ।

टोली आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । थाइल्याण्डमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपाली किशोरहरुको टोलीले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ६ विकेटको क्षतिमा एक सय ८३ रन बनायो । कप्तान विशाल बिक्रम केसीले ६३ रन जोडे ।

जवाफमा सिंगापुरले ३१ ओभर ५ बलमा अलआउट हुँदै एक सय १२ रनमात्र बनाउन सक्यो ।

सेमिफाइनलमा मलेसियालाई हराएको नेपालले समूह चरणमा आयोजक थाइल्याण्ड, हङकङ र म्यानमारलाई पराजित गरेको थियो । प्रतियोगिताको सबै ५ खेलमा अपराजित रहँदै नेपालले उपाधि जितेको हो ।

तपाईको प्रतिक्रिया