आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं  – सोह्र वर्षमुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेटको उपाधिका लागि नेपालले आइतबार सिंगापुरसँग खेल्दैछ । खेल थाइल्याण्डको टेर्डथाई मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपालले शनिबार मलेसियालाई  र सिंगापुरले हङकङलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

दुवै टिम प्रतियोगितामा अपराजित छन् । समूह चरणमा नेपालले थाइल्याण्डलाई १ सय ३३ रनले हङकङ्गलाई ४ विकेटले र म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो । यस्तै सिंगापुरले मलेसियालाई २९ रनले, भुटानलाई ७ विकेटले र चीनलाई ८ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया