आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं –  इङ्लिस प्रिमियर लिग लिगमा म्यान्चेस्टर सिटीले लगातार १६ औं जितको कीर्तिमान बनाएको छ ।

अघिल्लो हप्ता प्रिमियर लिग इतिहासकै सबैभन्दा लामो लगातार १५ औं जितको कीर्तिमान बनाएको म्यान्चेस्टर सिटीले यो हप्ता उक्त कीर्तिमान अझ लम्ब्याएको हो ।गएराति भएको खेलमा म्यान सिटीले टोटनह्याम हट्सपरलाई ४-१ ले हरायो ।

खेलमा सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले दुई गोल गरे भने ईके गुन्डोगान र केभिन डे ब्रायनले १-१ गोल गरे । टोटनह्यामका क्रिश्चियन एरिक्सनले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको शीर्ष स्थानको अग्रता १४ अंक पुर्‍याएको छ ।

प्रिमियर लिगकै अन्य खेलमा चेल्सीले साउथह्याम्पटनलाई १-० ले हराउँदा आर्सनलले न्यूकासल युनाईटेडमाथि १-० कै जित निकाल्यो । यसैगरी क्रिष्टल प्यालेसले लेष्टर सिटीलाई उसैको मैदानमा ३-० ले हराउँदा वेष्ट ह्याम युनाईटेडले स्टोक सिटीलाई ३-० ले तथा हडर्सफिल्ड टाउनले वाट्फोर्डलाई ४-१ ले पराजित गरे ।

बर्न्ले र ब्राईटनले भने गोलरहित बराबरी खेलेका छन् । गएरातीका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३८ अंकसहित दोस्रो स्थानमा छ भने समान ३८ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया