Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा कठिनाइ भएको छ ।

चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि लाखौँले राजश्व तिरेका छन् ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिनका लागि मोटरसाइकललाई ७००, कार जिपलाई एक हजार र ठूला सवारीका लागि दुई हजार शुल्क तोकिएको वागमती सवारी चालक अनुमति पत्रको कार्यालयका प्रमुख तेजनारायण यादव राससलाई बताउनुुहन्छ ।

‘लाखौँले राजश्व तिरेर ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिन प्रतीक्षा गरेपनि दुई लाख ३० हजार मात्र छापिएर आएको छ, मागअनुसार कार्ड नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यता छ, अहिलेसम्म दुई लाख ३० हजारलाई वितरण गरेका छौँ, माग गर्ने एक लाख सेवाग्राही अझै प्रतीक्षा सूचीमा छन्, विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ उपलब्ध गराउन सकेको छैन’-उहाँ भन्नुहुन्छ ।

‘स्मार्ट कार्ड’ छपाइको काम विभागको केन्द्रीय कार्यालय मीनभवनमा भइरहेको छ । तीनवटा उपकरणबाट कार्ड छाप्ने काम भइरहे पनि मागबमोजिमको आपूर्ति हुननसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराई ‘स्मार्ट कार्ड’ नेपालका लागि नयाँ प्रविधि भएकाले माग अनुसार छापेर वितरण गर्न नसकिएको स्वीकार्नुहुन्छ । विभागले विसं २०७२ मसिर २० गतेदेखि ‘स्मार्ट कार्ड’ को दरखास्त लिन शुरु गरेर पुस ३ गतेदेखि वितरण गर्न थालेको थियो ।

भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स कम्पनीले १५ करोडको लागतमा ‘स्मार्ट कार्ड’ छाप्ने तीन वटा लेजर इन्ग्रेडिङ मेसिन, हार्डवेयर सामग्री र एक लाख ६० हजार थान ‘स्मार्ट कार्ड’ छाप्ने कागज ल्याएको थियो । हाल यातायातको १३ वटा अञ्चल कार्यालयबाट ‘स्मार्ट कार्ड’ वितरण शुरु भइरहेको छ । कर्णालीमा भने नेपाल टेलिकमले ‘स्मार्ट कार्ड’ वितरण गर्न सक्ने क्षमताको इन्टरनेट सेवा उपलब्ध नगराएकाले ढिला भएको विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।

पाँच वर्षभित्रमा हस्तलिखित लगायत अन्य प्रकृतिका चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तन गर्ने विभागको योजना छ । मागअनुसारको आपूर्ति हुन नसकेकाले पाँच वर्षमा ‘स्मार्ट कार्ड’ वितरणसक्न मुस्किल देखिएको छ । पाँच वर्षमध्ये दुई वर्ष सकिन लागेको छ । बाँकी तीन वर्षमा नवीकरण र नयाँ आउने सबैलाई ‘स्मार्ट कार्ड’ वितरण गर्नु विभागका लागि चुनौती छ ।

‘स्मार्ट कार्ड’ लिन दुई महिनादेखि सबै प्रक्रिया पूरा गरेपनि एकान्तकुनास्थित वाग्मती अञ्चल यातायात कार्यालयले विभागबाट छापिएर आएको छैन भन्दै नदिएको सेवाग्राही नारायण गुरुङ बताउनुहुन्छ । ‘पटक-पटक सम्पर्क गर्नु भन्छन्, जहिले सम्पर्क गरेपनि ‘स्मार्ट कार्ड’ छापिएर आएको छैन भन्ने जवाफ पाइन्छ-उहाँ भन्नुहुन्छ, ‘स्मार्ट कार्ड’ वितरण गर्ने वाग्मती कार्यालयका प्रमुख यादव सेवाग्राही धेरै, सेवा प्रदायक थोरै र छापिएर आउनुपर्ने कार्डकै लागि महिनौ कुर्नुपर्ने भएकाले तोकिएको अवधिमा काम सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउनुहुन्छ ।

विभागले यसवर्ष पनि ‘स्मार्ट कार्ड’ छाप्न बोलपत्र आह्वान गरेकामा मद्रास सेक्युरिटी प्रिन्टर्सले नौ लाख ६४ हजार अमेरिकी डलरमा छाप्ने जिम्मेवारी पाएको छ । यस पटक सात लाख ५० हजार ‘स्मार्ट कार्ड’ छापिने प्रवक्ता पाण्डे उल्लेख गर्नुहुन्छ । अहिले नयाँ निवेदन दिने, प्रतिलिपि लिने र नवीकरण गर्ने सबैलाई ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र मात्र दिइएको विभागले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया