शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो- बागलुङ जिल्लाको  गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयको आर्थिक सहयोगका लागि जापानमा रहेका गल्कोटवासीबाट  २३ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ ।
जापानका विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुबाट  २३ लाख भन्दा माथि रकम संकलन भएको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिनुभयो  ।

हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई समेत  बढाइरहेको विद्यालयका शिक्षक सापकोटाले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् ।

यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढी विद्यालयका पूर्व विद्यार्थीहरु हाल जापानको विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यरत रहेका छन । रोजगारीको शिलशिलामा कार्यरत यस क्षेत्रका  नेपालीहरुबाट बोल र नगद सहयोग रकम प्राप्त भएको शिक्षक सापकोटाले बताए ।

२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० बर्ष प्रवेश गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हिरक महोत्सव मनाउन गइरहेको छ ।

जापानमा रकम संकलन अभियान जारी रहेको छ, दुई/तिन दिन भित्र शिक्षक सापकोटा जापानबाट फर्केपछी संकलित सम्पूर्ण विवरण जानकारी हुने  भएको रकम बारे थाहा हुने प्रधानाद्यापक तेजेन्द्र बुढाथोकीले  बताए ।

वि.सं. २०१४ सालमा स्थापना भएको ६० वर्ष प्रवेश गरेको सुखद अवसरमा आगामी माघ १० गतेदेखि १४ गतेसम्म विद्यालयले हीरक महोत्सव मनाउन गइरहेको छ ।

 

तपाईको प्रतिक्रिया