शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं –  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६१ पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ६० पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४४ पैसा र विक्रिदर २४ रुपैयाँ ५९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ३५ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ५१ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ १० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया