सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) का आइसीसी सदस्य अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्मेलममा सहभागी हुन काठमाडाैं आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

एनअारएन जापानकाे पछिल्लाे निर्वाचनमा उनी सहमतिबाट अाइसीसी सदस्य चयन भएका थिए। गैरअावासीय नेपाली संघमा अाइसीसी सदस्य भनेको केन्द्रीय सदस्यको पद हो।

एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि पीडित भनिएका जापानी प्राेफेसर यामामोतो हिराकी  नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए। महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ।

थापाले जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर  प्रोफेसरसंग ७ करोड नेपाली रुपैयाँ लिएका थिए। सो रकम नेपालमा विश्वविद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किन्न प्रयोग गरेका थिए। त्यही घर धितो राखेर थापाले बैंकबाट ऋण निकालेका थिए। २०७२ को भूकम्पले उनको घर चर्किएपछि फेरि मर्मतका लागि भन्दै बैंकबाट अर्को किस्ता ऋण लिएको बताईएको छ ।

नेपालमा विश्वविद्यालयको शाखा खोल्न पैसा दिएको वर्षौं बितिसक्दा पनि कुनै प्रगति भएको नेदेखेपछि उनलाई पैसा उपलब्ध गराउने जापानी प्राध्यापकले थापासंग पैसा फिर्ता मागेका थिए। जापानमा पैसा फिर्ता मागेपछि उनी लामो समय नेपालमै बस्न थालेका थिए। अाफू नेपाल बस्न थालेपछि उनले टाेकियोको रेष्टुरेन्ट ठेक्कामा लगाएका थिए। गैरअावासीय नेपाली संघ जापानकाे पछिल्लाे निर्वाचनमा थापा अध्यक्ष प्रत्यासी बनेका थिए।  धेरै समय नेपालमा बस्ने मान्छे नेतृत्वमा रहँदा काममा असर पर्ने भन्ने अावाज उठेपछि सहमतिमा नेतृत्व चयन गर्दा उनी अाइसीसी सदस्य निर्विराेध निर्वाचित भएका थिए। त्यस अघि उनी एनअारएन जापानकाे महासचिव पदमा थिए। पक्राउ परेका थापा नेपाल पर्यटन बाेर्डका जापान प्रतिनिधि पनि हुन्।

आफुमाथि लागेको आरोप बारे थापाको भनाई भने अहिलेसम्म बाहिर आएको छैन । ***

तपाईको प्रतिक्रिया