सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

 

Image result for जापानमा पर्यटक

टोकियो – जापान भ्रमणमा आउन चाहने पर्यटकहरु मध्ये सबैभन्दा बढि टोकियो आउन इच्छुक भएपनि सो संख्या अघिल्लो बर्षको तुलनामा कम भएको छ । निक्केइ अनलाइनका अनुसार जापान बिकास बैंक र जापान ट्राभल ब्युरो फाउण्डेशनद्वारा संयुक्त रुपमा गरिएको सर्बेक्षणबाट सो थाहा लागेको हो । चीन, हङकङ, अमेरिका लगायत एशिया र पश्चिमी मुलुक गरी १२ मुलुकका पर्यटकहरु बिच गत जुन र जुलाई महिनामा गरिएको एक सर्बेक्षणमा ४८ प्रतिशतले टोकियोलाई रोजेका हुन् । सो अंक अघिल्लो बर्षको तुलनामा ४ प्रतिशतले घटेको हो । सर्बेक्षणमा टोकियो पछि दोश्रोमा माउण्ट फुजी जान चाहने पर्यटकहरु बढि रहेको थियो । ४३ प्रतिशतले माउण्ट फुजीलाई रोजेका हुन् । त्यसपछि होक्काईदो र ओसाका ३३ प्रतिशत तथा क्योटो रोज्नेहरु ३२ प्रतिशत भएको समाचारमा उल्लेख छ । सर्बेक्षणमा ६ हजार ३ सय बिदेशीहरुले अनलाइन मार्फत सहभागी भएका थिए ।
जापान आउने पर्यटकहरुको रोजाई टोकियो भन्दा बाहिरका क्षेत्रहरुमा बढेको पनि यस पटकको सर्बेक्षणबाट थाहा लागेको छ । ति क्षेत्रहरुमा आओमोरी, कानाजावा, ओकायामा, तोकुसिमा लगायत रहेका छन् । जापान सरकारले टोकियो, माउण्ट फुजी, क्योटो, ओसाका लगायतका स्थानलाई गोल्डेन रुटको रुपमा बिकास गर्दै पर्यटन प्रवर्धन गर्दै आएको छ ।
सर्बेक्षणमा सन् २०२० को ओलम्पिकको बारेमा प्रश्न सोध्दा करिब ७० प्रतिशत सहभागी सो बारेमा जानकार भएको पाईएको छ । त्यसै गरी सन् २०१९ मा जापानमा हुन गईरहेको रग्बी वल्र्डकपको बारेमा भने ४४ प्रतिशतले जानकार भएको उत्तर दिएका थिए । सन् २०२० को टोकियो ओलम्पिक सम्ममा बार्षिक ४ करोड पर्यटक भिœयाउने जापानको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया