मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – नेपालीभाषी गोर्खालीहरुको बसोबास रहेको भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार विहान भएको गोली हानाहानमा एकजना प्रहरी अधिकारीको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।

उक्त घटनामा धेरै प्रहरी तथा गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेका दल गोर्खा जनमुक्ती मोर्चा का नेता तथा कार्यकर्ता घाइते भएको प्रहरीको अनुमान छ ।

केही महिनादेखि लुकेर बसेका गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेका दल गोर्खा जनमुक्ती मोर्चाका अध्यक्ष विमल गुरुङलाई खोज्दै उहाँ बसेको स्थानमा प्रहरी पुग्दा उहाँका अंगरक्षक र प्रहरीबीच गोली हानाहान भएको पश्चिम बंगाल प्रहरीका अतिरिक्त महानिर्देशक अनुप शर्माले जनाउनुभयो ।

१ सय ४ दिनसम्म बन्द रहेर दशैंको केही दिनअघि खुलेको दार्जिलिङमा शुक्रबार पुन हिंसा भड्किंदा एक जना पुलिस अधिकारी बंगाल प्रहरीका असिस्टेन सब इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको पश्चिम बंगाल प्रहरीका कानुन तथा व्यवस्था हेर्ने अतिरिक्त महानिर्देशक अनुज शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया