सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

Image result for election of Japan 2017टोकियो -जापानमा अक्टोबर २२ मा हुने आमनिर्वाचनका लागि समयपूर्व मतदान प्रणाली अन्र्तगत मतदाताले बुधबारदेखि आफ्नो मत राख्न सुरु गरेका छन् ।
चुनावका लागि आधिकारीक रुपमा मंगलबारदेखि प्रचारप्रसार थालिएको थियो ।
पश्चिम जापानको एहिमे प्रिफेक्चर रहेको मात्सुयामा शहरको नगरपालिकाको मतदान केन्द्रबाट मतदाताले मतदान गरेका हुन् । उनीहरुले मतदानका दिन मत खसाल्न नपाउने भएकाले बुधबार नै मतदान गरेको एनएचकेले जनाएको छ ।
आगामी चुनावमा मताधिकार प्राप्त १८ र १९ वर्षका युवाका लागि पहिलो राष्ट्रव्यापी चुनाव रहेको छ । यसैले गर्दा केही विश्वविद्यालय तथा हाई स्कूलमा अक्टोबर २२ अघि नै मतदान गर्न मतदान केन्द्र स्थापना गरिएको छ ।
डिसेम्बर २०१४ मा भएको पछिल्लो आमचुनावमा लगभग १ करोड ३० लाख बढी मतदाता मध्ये २३ प्रतिशत मतदाताले समयपूर्व नै मतदान गरेका थिए ।
यस चुनावमा ३ वटा गठबन्धनका बिचमा चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । एक लिबरल डेमाक्रेसी,कोमेइतो दलको सत्तारुढ गठबन्धन, दोस्रो होप पार्टी, निप्पोन इशिन जापान, इनोवेशन पार्टीको गठबन्धन र तेस्रो जापान कम्युनिष्ट पार्टी कन्टीचयुशनल डेमाक्रेसी सोसल डेमाक्रेस पार्टीको गठबन्धन रहेको छ ।

तपाईको प्रतिक्रिया