मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो- दुईवटा मृगौला फेल भएर अस्पतालमा उपचाररत गायक तथा संगीतकार पूर्ण गुरुङलाई तमु धीं जापानको पहलमा ३ लाख ७८ हजार ९ सय ५ येन आर्थिक सहयोग पठाइएको छ ।

तमु धीं जापान, घान्द्रुक समाज जापान, जिफान, र पञ्चासे समाज जापानको संयुक्त अभियानमा ‘पूर्ण बचाउ अभियान’ अन्र्तगत उक्त रकम पठाइएको धींका अध्यक्ष श्री गुरुङले जानकारी दिनुभयो ।

सो रकम ABC  टेलिभिजनका प्रतिनीधि डण्ड गुरुङ र लाला गुरुङमार्फत गायक तथा संगीतकार गुरुङलाई एक कार्यक्रमका बिच संस्थाका प्रतिनीधिहरुद्धारा हस्तान्तरण गरिने अध्यक्ष गुरुङले बताउनु भयो ।

नेपालका विभिन्न सामाजिक सेवाहरुमा तमु धीं जापानले निरन्तर आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ ।यस अभियानमा सहयोग गर्ने सहयोगीहरुलाई तमु धीं जापानले धन्यवाद व्यक्त गरेको छ

 

तपाईको प्रतिक्रिया