मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो-जापानमा लगभग २५ वर्ष यताकै धेरै कम्पनीहरुले कामदारको कमीको सामना गर्नुपरेको केन्द्रीय बैंकको सर्वेक्षणले देखाएको छ ।
बैंक अफ जापानको ‘तानकान’ को त्रैमासिक सर्वेक्षणका अनुसार ११ हजार कम्पनीमा गरिएको अध्ययनका आधारमा २५ वर्षकै नराम्रो अवस्थामा देखाइको हो । सबै कम्पनीको सूचांक २.८ प्रतिशतले कामदारहरुको कमी रहेको तथ्यांकहरुले देखाएको छ ।
कम्पनीहरुमा कामदारहरुको आवश्यकता भन्दा आपूर्ति कमी रहेको छ सर्वेक्षण प्रतिवेदनमा भनिएको छ । दाइवा अनुसन्धान संस्थानका वरिष्ठ अर्थशास्त्री सातोसी ओसानाईका अनुसार गैर–निर्माण उद्योग र स्थानीय क्षेत्रहरुमा कार्यबल कमजोरीको समस्यालाई सुल्झाउने एक प्रमुख चुनौती हुनेछ ।
उहाँ भन्नुहुन्छ – कामदारहरुको कमीको सामना गर्न केही उद्योगहरुले स्वचालित प्रणालीमा लगानी वृद्धि गर्नु भन्दा कुनै विकल्प छैन् ।

तपाईको प्रतिक्रिया