मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो-जापानमा तल्लो सदनको चुनावी गतिविधिले  तिव्रता लिएको  छ । औपचारिक रुपमा चुनावी प्रचारप्रसार अक्टोवर १० बाट सुरु हुनेछ भने २२ तारिकमा मतदान हुने छ ।

मतदाताहरुले हालका प्रधानमन्त्री शिन्जो आबेको गठबन्धनलाई निरन्तरता दिनेकी टोकियोका लोकप्रिय गर्भनर युरिको कोइके नेतृत्वको होप पार्टीलाई सत्तामा पुर्याउने भन्ने अवसर पाउदैछन् ।

नयाँ होप पार्टीले मंगलबार पहिलो उम्मेदवारीको नामावली सार्वजनिक गरिसकेको छ । गर्भनर कोइकीले आफ्नो पार्टीले कम्तीमा पनि २३३ उम्मेदवारी दिन चाहेको बताएका छन् । यो संख्या तल्लो सदनको साधारण बहुमत हासिल गर्न आवश्यक संख्या हो ।

होप  पार्टीका अधिकारीहरू विपक्षी डेमोक्रेटिक पार्टीका सदस्यहरूका सम्भावित उम्मेदवारहरू पनि खोजिरहेका छन्। तिनीहरू केवल ती डेमोक्रेटहरूलाई  पार्टीमा समावेश गर्न चाहन्छन् जसले संविधान संशोधनको दृष्टिकोणसँग सहमत हुन्छन् र नयाँ राष्ट्रिय सुरक्षा कानुनका लागि आशा राख्दछन्।

डेमोक्रेटिक पार्टीलाई पनि प्रभावकारी बनाइएको छ। होपमा संलग्न हुन चाहने सदस्यहरू पछिल्लो हप्ता पार्टीका अध्यक्ष सीजी माईराले लिने निर्णयमा काम गरिरहेका छन्।

तर सोमबार, पार्टी उपाध्यक्ष युकियो एदोनोले नयाँ पार्टी गठन गरे। एदोनोले भनेका छन् आफु होप समूहको विचारधारा र नीतिको साथ सहमत हुन सक्दैनन्। एदोनोले औपचारिक रुपमा जापानको संवैधानिक डेमोक्रेटिक पार्टी गठन गरेका थिए ।

जापानी कम्युनिष्ट पार्टी र सोसल डेमोक्रेटिक पार्टीले एदोनोले गरेको कार्यलाई स्वागत गरेको छन् ।  एदोनोले उम्मेदवारहरुसंग समन्वयको संभावनाहरुलाई अबका दिनमा चर्चा गर्ने आशा समेत गरिएको छ ।

विपक्षीहरूको गतिविधिको जवाफमा, प्रधानमन्त्री आबेको एलडीपी र यसको साझेदार कोमेतो पार्टी सत्तारूढ गठबन्धनको एकतालाई अझ प्रभावकारी बनाएर ल्यौजाने सोचमा रहेको देखिन्छ ।कुनै पनि सरकारलाई नीति लागू गर्न र सुरक्षा कायम राख्न निरन्तरता आवश्यक रहेको एलडीपीको धारणा छ ।

तपाईको प्रतिक्रिया