मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो -जापानले २०१७ को पहिलो ६ महिनामा ३ जना शरणार्थीहरुको मात्र आवेदन स्वीकार गरेको छ ।

२०१७ को पहिलो अर्धवार्षिक रिर्पोर्टका अनुसार ८ हजार ५ सय ६१ जनाले शरणार्थीका लागि आवेदन गरेता पनि तीन जनाको मात्र स्वीकार गरिएको मंगलबार सरकारले जनाएको छ । यसले विदेशी शरणार्थीहरुलाई स्वीकार गर्न जापान सरकारले अनिच्छा देखाएको बुझिएको छ ।

गतवर्षको यस अवधिमा ५ हजार ११ जनाले आवेदन गरेकोमा ४ जनाको स्वीकृत भएको न्याय मन्त्रालयले जनाएको छ । यस अवस्थालाई मानव अधिकारको निगरानीले जापानको रेकर्ड अनुसार शरणर्थीहरुलाई ‘अल्पसंख्यक’मानिएको छ ।
अन्य औद्योगिक राष्ट्र भन्दा फरक जापानको अध्ययागमनले आफ्नो श्रम शक्तिलाई तालिमका लागि उत्प्रेरित गरेको छ । अर्थव्यवस्थाको ढिलो विकासका लागि वृद्धावस्थाको जनसंख्यालाई कारण समेत मानेको छ । शरणार्थी सम्वन्धि समर्थकहरुले आफ्नो तर्क गर्दै भनेका छन् थोरै संख्यामा शरणार्थी आवेदनलाई स्वीकार गर्नु सन् २०१० मा भएको नियमहरुमा आएको परिवर्तनको परिणाम हो । आवेदकहरुलाई ६ महिना पछि मात्र आफ्नो दाबी निर्णय नभएसम्म काम गर्ने अनुमति दिइन्छ ।

“शरणार्थी प्रक्रियाको दुरुपयोग गर्ने व्यक्तिहरुको संख्यामा वृद्धि भएको देखिन्छ ।” न्याय मन्त्रालयमा आवेदनको समिक्षा गर्ने अधिकारी योसुशिरा हिसिदाले बताए ।

तपाईको प्रतिक्रिया