काठमाडौं – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दसैँको बिदा सुरु हुनुअघि गएको मंगलबार सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ । ***