Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025

 टोकियो – नेपालीहरुको महान पर्व विजया दशमीका अवसरमा क्युएस रेमिटले आफ्ना ग्राहकहरुका लागि ल्याएको ‘दशैं गोल्ड’ कार्यक्रमबाट अजय थापा मगर, बिनोद घर्ती र सुमित याक्पाङ्देन लिम्बुले सुनको बाला पाउन सफल भएका छन् ।

सेप्टेम्बर १३ देखि अक्टोबर २ सम्ममा क्युएस रेमिटबाट नेपाल पैसा पठाउने ग्राहकहरूलाई सहभागी गराएर संचालन गरिएको उक्त अफर कार्यक्रमको सोमबार लक्की ड्रमार्फत विजेताहरुको घोषणा गएिकोे हो ।

जापानको सिनओकुवोस्थित आफ्नै कार्यालयबाट पत्रकार महासंघ जापानका कार्यवाहक अध्यक्ष ऋतुकुमार दुरा, क्युएस रेमिटका चेयरमेन खानेसिरो मारी, नेपाली बजार प्रमुख सोम गुरूङ लगायतकाे उपस्थितिमा भाग्यशाली ग्राहक छनाैट गरिएको हो । यस लक्की ड्रमा क्युएस रेमिटद्वारा नेपाल पैसा पठाउने करीव २ हजार बढी  ग्राहकहरूको नामलिस्ट समावेश गरिएको थियो । उक्त कार्यक्रमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रममा ‘दशैं गोल्ड’ कार्यक्रमका संयोजक विकास गुरूङले योजनाको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी तिहारको अवसरमा पनि यस रेमिटद्वारा नेपाल पैसा पठाउने ग्राहकहरूमध्येबाट तीनजना भाग्यशाली ग्राहक छनोट गरी सुनको वाला उपहार दिने योजना रहेको गुरूङले बताउनुभयो । अक्टोवर २ तारिकदेखि २३ तारिकसम्म नेपाल पैसा पठाउने ग्राहकहरूलाई यस ‘तिहार गोल्ड’ योजनामा समावेश गरिनेछ ।

जापानको विभिन्न शहरहरूमा समेत शाखा रहेको यस रेमिटले समय-समयमा अाफ्ना ग्राहकहरूलाई विभिन्न उपहार योजनाहरू अायोजना गर्दै अाईरहेको छ ।***

तपाईको प्रतिक्रिया