Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दाङ – यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् ।

तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गर्नुभएको हो । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले जानकारी दिनुभयो ।

लम्सालले हाल सात बिगाहा क्षेत्रफलमा साढे एघार हजार जिनाइन जातको केराको बिरुवा लगाउनुभएको छ र अन्य तीन बिगाहामा केरा लगाउने तयारी गर्दै हुनुहुन्छ । उहाँले अहिलेसम्म रु ४९ लाख लगानी गर्नुभएको छ । दाङमा केराखेतीका लागि अनुकूल मौसम छ र यहाँ एक बिगाहामा ३० टन केरा उत्पादन हुने गर्छ ।

उहाँले सातजनालाई रोजगारी दिनुभएको छ । लम्सालले भन्नुभयो, ‘जागिर खानु र विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही नमूनायोग्य काम गर्ने उद्देश्यले केराखेती शुरु गरेको छु । अबको एक वर्षमा यसबाट राम्रो आम्दानी दिनेछ भन्ने आशा छ ।’

दाङमा व्यावसायिक केराखेती नहुँदा अन्य जिल्लाबाट केरा आयात हुने गरेको छ । लम्सालका अनुसार दाङलाई केराखेतीमा आत्मनिर्भर बनाउन सकिन्छ । उहाँले पाँच बिगाहा जमिनमा थोपा सिँचाइबाट र पाँच बिगाहा जमिनमा परम्परागत सिँचाइ हुने व्यवस्था मिलाउनुभएको छ । ‘राम्रोसँग केरा फलेमा एककट्ठा जमिनबाट वार्षिक रु १० हजारसम्म आम्दानी लिन सकिने उहाँ बताउनुहुन्छ ।

लम्सालले टिस्यूकल्चरबाट उत्पादित केराको बेर्ना १० बिगाहा जमिनमा लगाउने र बाँकी बाहिर बिक्री गर्ने योजना रहेको समेत बताउनुभयो । दाङमा ४०० हेक्टर जमिनमा केराखेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बागवानी विकास अधिकृत धनराज गौतमका अनुुसार १५ प्रतिशत केरा दाङमा उत्पादन हुने र अन्य बाहिरी जिल्लाबाट आयात गरी पूर्ति गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया