Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं –  दक्षिण-पूर्वी एसियामा तीव्र गतिमा फैलिरहेको ‘सुपर मलेरिया’ भनिने कडा खालको ‌औंलो रोग विश्वका लागि एउटा खतरनाक जोखिम भएको भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

औंलोको यो खतरनाक परजीवीलाई मुख्य ‌औंलोप्रतिरोधी ‍औषधिले पनि मार्न सक्दैन । पहिलो पटक कम्बोडियामा देखिएको उक्त औंलो थाइल्याण्ड, लाओसका भागहरु हुँदै दक्षिणी भियतनामसम्म पुगेको छ ।

बैंककस्थित माहिडोल-अक्सफोर्ड ट्रपिकल मेडिसिन रिसर्च युनिटले उक्त औंलो रोगको उपचार गर्न नसकिने एउटा वास्तविक खतरा बन्ने जोखिम रहेको बताएको छ ।

भयावह खतरा

औंलो रोग नियन्त्रणसम्बन्धी इकाईका प्रमुख प्राध्यापक आर्जेन डोन्डोर्पले बीबीसीलाई भने, “हामीलाई लाग्छ यो एक भयावह खतरा हो ।”

“यो चिन्ताको विषय बनेको छ कि यो पूरै क्षेत्रमा यति छिटो फैलिरहेको छ र हामीलाई डर छ यो अझ फैलिनेछ र अन्त्यमा अफ्रिकासम्म पुग्नेछ ।” ‘द ल्यान्चेट इन्फेक्सस डिजिसेस’मा प्रकाशित एउटा पत्रमा अनुसन्धानकर्ताहरुले औषधिप्रतिरोधी बन्दै गएको उक्त औंलो रोगको ‘हालैको भयावह विकासक्रम’बारे विस्तृत रुपमा उल्लेख गरेका छन् ।

हरेक वर्ष झण्डै २१ करोड २० लाख करोड मानिस औंलोबाट संक्रमित हुने गर्छन् । रगत चुस्ने लामखुट्टेहरुका कारण ‌औंलो लाग्ने गर्छ र बालबालिकाको मृत्युको मुख्य कारक हो।

सम्मिश्रण

यसलाई उपचार गर्ने पहिलो रोजाई भनेको आर्टिमिसिन र पाइपरयाक्वयिन नामक दुई ‌औंलोप्रतिरोधी ‌औषधिको सम्मिश्रण हो ।

तर आर्टिमिसिन पनि कम प्रभावकारी भएको र उक्त परजीवी अहिले पाइपरयाक्वयिनप्रतिरोधी बन्दै गएको छ । उपचारको ‘असफलताको दर भयावह’ भएको पत्रमा उल्लेख गरिएको छ ।औंलोप्राध्यापक डोन्डर्पले भियतनाममा एक तिहाईले उपचार असफल भइरहेको र कम्बोडियाका केही क्षेत्रमा असफलताको दर ६० प्रतिशत नजिक रहेको बताएको छ ।

‌औषधिप्रतिरोधी दर अफ्रिका महादेशमा झनै भयावह रहेको जहाँ ‌९२ प्रतिशत औंलोका सबै प्रकारहरु देखिने गर्छन् ।

समयअगावै गर्नुपर्ने

धेरै ढिलो हुनुअगावै मेकङ उप-क्षेत्रबाट औंलोलाई निर्मूल पार्नुपर्ने बाध्यता छ । प्राध्यापक डण्डर्पले थपे, “यो समयविरुद्धको लडाइँ हो। महामारीका रुपमा फैलिनुअघि नै र औंलो रोगलाई फेरि उपचार गर्न नसकिने साथै धेरैको मृत्यु हुनुअगावै औंलोको यो प्रकारलाई निर्मूल पार्नुपर्छ ।”

वेलकम ट्रस्ट मेडिकल रिसर्च च्यारिटीका माइकल चू भन्छन्, “औंलोको यो प्रकारको फैलिनु र हालसम्मको सबैभन्दा प्रभावकारी ‍औषधिप्रतिरोधी हुनु चिन्ताजनक छ र यसको जनस्वास्थ्यमाथि गम्भीर असरहरु पर्दछ ।”

“करिब सात लाख मानिस ‌औंलोसहितको विभिन्न औषधिप्रतिरोधी संक्रमणहरुका कारण मर्ने गर्छन् ।” “यदि केही नगरिएमा यो संख्या बढेर सन् २०५० सम्म हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुनेछ ।” -बीबीसी

तपाईको प्रतिक्रिया