Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – डाक्टरको आन्दोलनका कारण मंगलबार पाँचौं दिन पनि देशभरका अस्पतालका ओपिडी सेवा बन्द छन् । मन्त्रीपरिषदको सोमबारको आकस्मिक बैठकले डाक्टरका माग पूरा गर्न सरकार सकारात्मक रहेकाले आन्दोलन फिर्ता लिन आग्रह गरे पनि नेपाल चिकित्सक संघले त्यसलाई अस्वीकार गरेको छ ।

संघले देशभरिका अस्पतालमा आपतकालिन कक्षबाहेकका सेवा बन्द गर्न निर्देशन दिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले माग पूरा नभएसम्म कुनै पनि हालतमा डाक्टर काममा नफर्कने अडान दोहोर्‍याउनुभएको छ ।

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको बैठकबाट बिहीबार १२ गते फर्किएपछि मात्रै वार्ता हुने र सहमति भएमा ओपिडी सेवा खुल्ने उहाँले जानकारी दिनुभयो । डाक्टरको आन्दोलनका कारण उपचारका लागि अस्पतालमा पुगेका विरामी उपचार नै नगराइकन फर्किन बाध्य भएका छन् । उनीहरु उपचार गराउन नपाउँदा समस्यामा परेका छन् ।

डाक्टरहरुको लापरवाहीले बिरामीको ज्यान जाने घटना बढ्को भन्दै सरकारले जुन डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको हो उसैबाट क्षतिपूर्ति भराउनेगरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि डाक्टरहरुले आन्दोलन थालेका हुन् ।

तपाईको प्रतिक्रिया