Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रा. डा. गोविन्द केसीले आजदेखि फेरि आमरण अनशन सुरु गर्नु भएको छ ।

चिकित्सा शिक्षा विधेयक गुपचुप गरी पारित गर्न लागिएको भन्दै केसीले आमरण अनशन सुरु गर्नु भएको हो । यसअघि केसीले असोज २० गतेदेखि अनसन बस्ने चेतावनी दिनु भएको थियो । तर, संसदमा विचाराधीन विधेयक गुपचुप गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनशन थाल्नु भएको हो ।

केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी सरकार आफूले राखेका माग पूरा गर्नुको साटो घुमाउरो पारामा विधेयक पारित गर्न लागेकाले अनशन बस्न बाध्य भएको बताउनुभयो । केसीले माथेमा आयोगको प्रतिवेदन हुबहु पारित हुनुपर्ने, आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कालाई कारवाही गर्नुपर्ने माग पनि अघि सार्नु भएको छ ।

यसअघि केसीले २३ औं दिनमा अनशन स्थगित गर्नु भएको थियो । डा. केसीको यो १२ औं अनशन हो ।

 

तपाईको प्रतिक्रिया