Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – वैदेशिक रोजगार विभागले ३० वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले मागेको विवरण नबुझाएका १६ र ढिलो विवरण बुझाएका १४ वटा म्यानपावर कम्पनी कारबाहीमा परेका हुन् ।

विभागले विवरण नबुझाउने म्यानपावर कम्पनीलाई १ लाख रुपैयाँका दरले र ढिलो विवरण बुझाउने १४ वटा म्यानपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरीबाना तिराएको हो । वैदेशिक रोजगार विभागले गएको चैतमा फ्रि भिसा फ्रि टिकट लागु भएदेखि वैदेशिक रोजगारीमा पठाएका कामदारको विवरण वैशाख २ गतेभित्र पठाउन पत्राचार गरेको थियो ।

विवरण बुझाएका ७ सय ५० वटा म्यानपावर कम्पनीमाथी पनि छानविन भैरहेको विभागका प्रवक्ता मोहन अधिकारीले बताउनुभयो ।  म्यानपावर कम्पनीसँग विभागले कामदारको विवरणमा पूर्व स्वीकृति संख्या, अन्तिम स्वीकृतिको संख्या, देश, कम्पनी मागेको थियो ।

यस्तै लागतका बारेमा शुन्य लागत, दश हजार सम्म तिरेको, हालसम्म प्राप्त रकम र रकम जम्मा गरेको बैंकको नाम सहित बुझाउन भनेको थियो । रोजगारदाताबाट हवाई टिकट वापत रकम प्राप्त भएको भए प्राप्त रकम, बैंक तथा रेमिट्यान्सको नाम र टिकट प्राप्त भएको भए एयरलाइन्सको नाम र टिकट नम्बर मागेको थियो ।

मागे अनुसारको विवरण नपठाएको छानविनमा परेका म्यानपावर कम्पनीलाई पनि चेतावनी दिएको छ ।  छानविन सकिएकामध्ये अहिलेसम्म ६६ वटा म्यानपावर कम्पनीलाई विभागले चेतावनी पत्र पठाएको छ । अन्यको छानविन भैरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

को-को परे कारबाहीमा ?

एकलाख रुपैयाँ जरिवानामा परेका म्यानपवार कम्पनी

१ सिद्वार्थ गौतम ओभरसिज प्रालि
२ युनाइटेड प्लेसमेन्ट एण्ड इम्प्लोइमेन्ट सर्भिस प्रालि
३ क्यापिटल रिक्रुटमेन्ट प्रालि
४ मुनलाइट इन्टरनेशनल प्रालि
५ सनरे ग्लोवल ओभरसिज प्रालि
६ एसके इन्टरप्राइजेज प्रालि (क्वइस्ट एसिया प्रालि )
७ इनोभेटिव सर्भिसेज प्रालि
८ फिर्दोस इन्टरनेशनल ओभरसिज कम्पनी प्रालि
९ एसआरएस ओभरसिज प्रालि
१० रेडरोज इन्टरनेशनल म्यानपावर प्रालि
११ हमिदा इन्टरनेशनल प्रालि
१२ सार्प ह्युमनरिसोर्सेज प्रालि
१३ नेपाल रिक्रुइटिङ सर्भिसेज प्रालि
१४ कौसिक जनशक्ति इन्टरनेशनल प्रालि
१५ मुस्ताङ ओभरसिज प्रालि
१६ सिन-मल गुर्खा इन्टरनेशनल म्यानेजमेन्ट सर्भिस प्रालि

५० हजार रुपैयाँ जरिवानामा परेका म्यानपवार कम्पनी

१ राइजिङ स्टार ओभरसिज प्रालि
२ बेबी एन्जल इन्टरनेशनल प्रालि
३ पिस नेपाल ओभरसिज प्रालि
४ जव शिकर म्यानपावर प्रालि
५ सारथी ओभरसिज रिक्रुटमेन्ट प्रालि
६ एशोसिएट्स वेलकम इन्टरनेशनल प्रालि
७ रिजा ओभरसिज इम्प्लइमेन्ट प्रालि
८ एपोलो ओभरसिज सर्भिसेज प्रालि
९ एबिसी ओभरसिज प्रालि
१० स्तुपा ओभरसिज सर्भिसेज प्रालि
११ मेरिडियन म्यानपावर सर्भिस
१२ ओम श्री महाशक्ति इम्प्लोइमेन्ट सर्भिसेज प्रालि
१३ धवनी इन्टरनेशनल प्रालि (मनकामना पावर नेटवर्कस्  सर्भिस प्रालि )
१४ एनएसओ कन्सल्ट प्रालि

तपाईको प्रतिक्रिया