शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – कवि घनश्याम कँडेलको कृति धृतराष्ट्रले २०७३ सालको मदन पुरस्कार पाउने भएको छ । मदन पुरस्कार गुठीले आज विज्ञप्ति निकालेर यसअघि छनोटमा परेका ९ कृति मध्येबाट धृतराष्ट्रलाई मदन पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।

गुठीले केही समयअघि मदन पुरस्कारका लागि सम्भावित पुस्तकहरुको सूची सार्वजनिक गरेको थियो । त्यसमा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, नवराज पराजुलीको सगरमाथाको गहिराइ, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा, सीमा आभाषको म स्त्री अर्थात् आइमाई, शरद पौडेलको तपनजउ छाङ्छाको दोहाको सिधा उडान, हरि अधिकारीको प्रतिनायक र कँडेलको धृतराष्ट्र अटाएको थियो ।

त्यस्तै गुठीले कार्टुनिस्ट दुर्गा बराल वात्सायनलाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ । दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँको छ । ती पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया