Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना विकास खर्च शुन्य दशमलव १५ प्रतिशतमा सिमित भएको छ । आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने परिपाटी यो वर्ष पनि दोहोरिने संकेत देखिएको छ ।

गत आर्थिक वर्षको अन्त्यतिर दैनिक ५ अर्ब रुपैयाँ सम्म खर्च गर्ने गरेको सरकारले १ महिनाको अवधिमा जम्मा ५० करोड मात्रै खर्च गरेको छ । सरकारले यो वर्ष विकास निर्माण तर्फ ३ खर्व ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । संवैधानिक प्रावधान अनुसार २ वर्षयता जेठ १५ गते समय मै बजेट आइरहेको छ तर राजनीतिक अनुकुलताका बाबजुद पनि गतबर्ष जम्मा ६५ प्रतिशत मात्रै खर्च भएको थियो ।

अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरोकारवाला अन्य मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकारी विकास खर्च प्रभावकारी हुन नसकेको हो । राष्ट्रिय प्राथमिकता प्राप्त करिब २ दर्जन ठूला आयोजनाका लागि छुट्याईएको बजेट पनि खर्च हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया