Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

म्याग्दी – बेनी नगरपालिका-२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई शुक्रबार प्रवासबाट डेढ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

२०६१ साल फागुनमा बाँसको रुखबाट लडेर घाइते भएपछि दाढदेखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जीवन बिताइरहनु भएका घिमिरेलाई दक्षिण कोरिया र अमेरिकाबाट रु एक लाख ६५ हजार सहयोग प्राप्त भएको हो । मंगलाघाटको बौद्ध युवा क्लबका सदस्य दिनेश केसीको पहलमा कोरियामा रहेका विकास हमालको नेतृत्वमा एक लाख ५५ हजार सहयोग संकलन भएको थियो ।

यसैगरी हाल अमेरिकामा रहनुभएका मोहन पुनले दश हजार सहयोग गर्नुभएको छ । कोरिया र अमेरिकाबाट प्राप्त भएको रकम बौद्ध युवा क्लबको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी घिमिरेलाई हस्तान्तरण गरिएको हो ।  क्लबका अध्यक्ष विजय किसानले रकम हस्तान्तरण गर्नुभएको थियो ।

अपाङ्गता भएका घिमिरेको जीविकोपार्जन, औषधि उपचार र सन्तानको शिक्षामा सघाउ पु¥याउनका लागि प्राप्त भएको रकम उनी, श्रीमती र कान्छा छोराको नाममा रहेको बैँक खातामा जम्मा गरिएको छ ।

यसअघि गत साउनमा प्रवासमा रहेका ज्यामरुक कोटका युवा र स्थानीय व्यक्तिको पहलमा संकलित तीन लाख आठ हजार ९२५ घिमिरेलाई हस्तान्तरण गरिएको थियो । हाल बेनपा – ७ मंगलाघाटमा बस्दै आउनुभएका घिमिरेका दुई छोरा र श्रीमती हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया