Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – जन्म दिने बाबुलाई आफ्नो ३० प्रतिशत कलेजो दिएर जीवन बचाउने सरिता महर्जनलाई वर्ल्ड नेवाः अर्गनाईजेशन जापान र नेवाः जागरण मञ्च जापानले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
ती संस्थाका प्रतिनिधिहरुले राजधानी काठमाडौंको लगन, गोफलस्थित घरमै पुगेर सरितालाई आर्थिक सहयोग गरेका हुन् ।

वर्ल्ड नेवाः अर्गनाईजेशन जापानको तर्फबाट प्रतिनिधि नरेन्द्रकुमार शाक्यले १५ हजार रुपैंया आर्थिक सहयोग हस्तानतरण गरेका हुन ।

त्यस्तै नेवाः जागरण मञ्च जापानबाट पठाएको १५ हजार रुपैंया नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य, सदस्य राजीव राजोपाध्यायको उपस्थितिमा संस्थाका प्रतिनिधि अमृत ताम्राकारले हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा उनीहरुले सरिता र उनको पिताको शिघ्र स्वास्थलाभको कामना पनि गरेका थिए ।***

तपाईको प्रतिक्रिया