Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – स्मरण शक्ति बढाउने विषयमा धेरै कुरा आइरहेका छन् । तर, मुख्य कुरा तपाईंमा दृढ इच्छाशक्ति हुन जरुरी छ । तपाईंले नुहाउने वेलामा टाउकोमाथिबाट झन्डै १० देखि १५ मिनेटसम्म चिसो पानी छाड्नुभयो भने पनि धेरै स्मरण शक्ति बढाउन लाभ मिल्नेछ । यो समयमा बिस्तारै आफ्नो शिर मिच्नुपर्ने हुन्छ ।

यस प्रकारको स्नानले मस्तिष्कमा बल पुग्नुका साथै बुद्धि तीक्ष्ण हुन सक्छ । यसबाहेक अरू केही उपाय छन्, जसले तपाईंको स्मरण शक्ति बढाउन मद्दत गर्न सक्छ ।

सन्तुलित भोजन
-स्मरण शक्ति बढाउने दृढ संकल्प गर्नुभएको छ भने दैनिक रूपमा सन्तुलित भोजन खानुपर्ने हुन्छ । हामी आजभोलि अलिकति अल्छी पनि भएका छौँ, खानाको विषयमा हेलचेक्र्याइँ नगरौँ । बजारमा पाइने विभिन्न प्रकारका जंकफुड खान छाडौँ । यसको प्रयोगले स्मरण शक्ति घटाउँछ ।

पर्याप्त निद्रा
– पर्याप्त मात्रामा निदाउने मानिसहरूको स्मरण बढी हुने अध्ययनले पत्ता लगाएको छ । एक वयस्क मानिसले दैनिक ८ घन्टा विनातनाव निदाउनुपर्ने अनुसन्धानले देखाएको छ । राति अबेरसम्म नसुत्ने र बिहानै उठ्नेजस्ता बानीलाई त्यागेर समयतालिका बनाएर सुत्ने गर्नुहोस् ।

ख्याल गर्नुस् यी कुरा
-अधिक मात्रामा मिर्च मसला, मिठाई, तेलमा हालेको पदार्थ खान छाड्नुस् । सादा, ताजा, हल्का पौष्टिक भोजन सेवन गर्नुभयो भने तपाईंको दिमाग तेज हुन सक्छ । घिउ, दूध, फलफूल, तरकारी अधिक मात्रामा सेवन गर्नुपर्ने हुन्छ । आहारविहारमा अधिक मात्रामा ख्याल गर्नुभयो भने तपार्इंको मस्तिष्क ठीक राख्न सक्नुहुन्छ ।

आनन्ददायी क्षणको अभ्यास
-जिन्दगीका आनन्ददायी क्षणहरूको पटक-पटक स्मरण गरेमा मानसिक रूपमा कसरत हुन्छ । जसले गर्दा पनि स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ ।

प्रविधिमा अभ्यस्त
-तपाईं-हामी सबैसँग कम्प्युटर, मोबाइल छ । ती मोबाइल तथा कम्प्युटरमा रहेका विभिन्न प्रविधिको प्रयोगलाई सकेसम्म जोड दिनुहोस्, यसले स्मरण शक्ति बढाउनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । -एजेन्सी

तपाईको प्रतिक्रिया