Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

चितवन – सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो । हालसम्म आठ हजार परिवारका ४१ हजारले बीमा गराएको जिल्ला प्रबन्धक सिर्जना पौडेलले बताउनुभयो ।
अन्य जिल्लाको तुलनामा छोटो समयमा चितवनमा धेरैले बीमा गराएको पौडेलले बताउनुभयो । जिल्लामा १३५ जना अभिकर्तामार्फत बीमा गराउने काम भइरहेको छ । पौडेलका अनुसार अभिकर्ताले एक महिनामा रु ५० हजारसम्म आम्दानी गरेका छन् । पाँचजनासम्मको परिवारलाई वार्षिक रु दुई हजार ५०० र त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप गर्नुपर्ने हुन्छ । संकलित रकममध्ये अभिकर्ताले १० प्रतिशत पाउँछन् । बीमा गरेका परिवारले पाँचजनाको वार्षिकरुपमा रु ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु पर्दैन । त्यसैगरी व्यक्ति थप भएमा प्रतिव्यक्ति रु १० हजारसम्मको बीमा रकम थपिने छ । जसमा स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ ।
जिल्लाको भरतपुर अस्पताल, दुई मेडिकल कलेज, बकुलहर अस्पताल रत्ननगर, गुञ्जमान सिंह अस्पताल टाँडी, बघौंडा अस्पताल माडी, शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा बिन्दु हुन् भने रिफर अस्पतालका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पताल रहेका छन् ।
थोरै रकमबाट ढुक्कसँग रु ५० हजारसम्मको उपचार पाउने भएपछि यसको आकर्षण बढेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया