Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – डा. गोविन्द केसीको समर्थनमा आज चिकित्सकहरुले दवाव कार्यक्रम गर्ने भएका छन् । केसीको जीवनरक्षाको अपिलसहित आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रदैछन् ।

विरोधस्वरुप उनीहरूले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ (गोडान) ले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थानमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

गोडानको हिजो बसेको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्र र केन्द्रिय तहका अस्पतालसम्म गरी करिव एक हजार ६ सयभन्दा बढी सरकारी चिकित्सक कार्यरत छन् ।

गोडानका अनुसार निजी अस्पताल र निजी चिकित्सक धेरै जसो शहरकेन्द्रित रहेकाले गरिव, निमुखा मात्र नभई मध्यम वर्गिय लगायतकाहरुलाई स्वास्थ्य सेवा र्पुयाउने ठाउँमा सरकारी चिकित्सकहरुको उपस्थिति छ । डा. केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ ।

आमरण अनसन थालेको आज १७ दिन पुगेपछि उहाँको स्वास्थ्यका लागि विशेष ध्यान दिइएको छ । डा. केसी बोल्न थाल्दा ‘धड्कन’, बढ्ने गरेको छ भने हात सुन्निएको छ । टाउको, जिउ दुख्ने, मांशपेशी बटारिने समस्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया