काठमाडौं – धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बारेमा उजुरी परेपछि चिकित्सा शिक्षा जाँचबुझ आयोगले कागज पत्र नियन्त्रणमा लिएको छ ।
चिकित्सा शास्त्रको विभिन्न तहको परीक्षामा आर्थिक चलखेल र प्रश्नपत्र बाहिरिएको उजुरी परेपछि चिकित्सा शिक्षा जाँचबुझ आयोगले प्रतिष्ठानको परीक्षा विभाग र शैक्षिक विभागको कागजपत्र नियन्त्रणमा लिएको हो । कागजात नियन्त्रणमा लिन आयोगका अध्यक्ष गौरीबहादर कार्की, सदस्य डाक्टर उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम धरान पुग्नुभएको थियो ।
आयोगका पदाधिकारीले सन २०१२ मा प्रतिष्ठानमा भएको एमडी, एमएसको परीक्षामा आर्थिक चलखेल भएको, प्रश्नपत्र बाहिरिएको र त्यसबेला प्रतिष्ठानमा उतिर्ण भएपनि नेपाल मेडिकल काउन्सीलको परीक्षामा अनुर्तिण भएको विषयमा उजुरी परेको बताएका छन ।