Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – आफ्ना सुझावसहित चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने लगायत माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि प्रदर्शन हुँदैछ ।

पटक पटक अनसन बस्दा पनि डा. केसीले उठाएका माग पूरा नभएकोमा विभिन्न पेशा र क्षेत्रका व्यक्ति काठमाडौंको माइतीघर मण्डलामा भेला भएर दबाब दिन लागेका हुन् । उनीहरुले ‘म डाक्टर केसी सँगै छु’ अर्थात ‘आइ एम विथ डाक्टर केसी’ अभियान चलाइरहेका छन् ।

दिउँसो १२ बजे माइतीघरमा भेला भएर बानेश्वरसम्म र्‍याली गर्ने र बानेश्वरमा पुगेर सभा गर्ने तयारी भइरहेको डा. केसी बचाउ अभियानले जनाएको छ ।

यसअघि गएको शनिबार पनि उनीहरुले डा. केसीको मागमा समर्थन जनाउँदै प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औँ पटकको अनसनमा बसेको १३ दिन हुँदा पनि डा. केसीको माग पूरा भएको छैन ।

तपाईको प्रतिक्रिया