बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं  – काठमाडौं महानगरका लागि १० अर्ब ७८ करोड रुपैयाँको बजेट स्वीकृत गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाट १० अर्ब ७८ करोड रुपैयाँ बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ ।

संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ दुई अर्ब १२ करोड गरी हुन आउने ६ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान तीन अर्ब १६ करोड ८२ लाख रुपैयाँ (यसमा समानीकरण÷शशर्त तथा निशर्त सबै अनुदान समावेश छ) रहेको छ ।

यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ ।

त्यस्तै, मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको छ । यसअन्तर्गत आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ ।

तपाईको प्रतिक्रिया