बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – निर्वाचन आयोगले पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । गाडी खरिद प्रक्रियामा आयोग पदाधिकारी र सचिवबीचको विवादका कारण चर्चामा रहेको खरिद प्रकरण आयोगले अघि बढाएको हो ।

तत्कालीन सचिव गोपीनाथ मैनालीले विलासी गाडी खरिद रोक्न खोज्दा आफ्नो सरुवा भएको बताउँदै आउनु भएको छ । निर्वाचन प्रक्रिया जारी रहेकै बेला सचिव मैनालीको सरुवा भएको थियो । तर, आयोगले आज गोरखापत्रमा सूचना प्रकाशित गरी पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

आयोगको सूचना अनुसार गाडी उत्पादक, वितरक र कारोबार गर्ने फर्महरुले पनि बोलपत्रमा सहभागी हुन पाउँनेछन् । साउन ३२ सम्म आवश्यक सम्पूर्ण कागजात दर्ताको प्रक्रिया पूरा गर्न आयोगले सूचनामा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया