आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा ‘जनसत्ता’ का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् ।

कानूनले तत्कालीन जनसत्ताको लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन् ।

हाललाई रुकुमका बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भए पनि यसलाई जिल्लाव्यापी रुपमै महत्त्वका साथ अघि बढाइने माओवादी केन्द्रले जनाएको छ ।

बाँफीकोट र सानीभेरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकबाटै जनसत्ताका लिखत ब्युँताउँदै निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया