सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

पहिलोपटक १८ महिना 

देउवा १७ भदौ ०५२ मा पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियोे । राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उहाँले १८ महिना सरकार चलाउनुभयो । देउवा प्रधानमन्त्री रहेकै वेला तत्कालीन माओवादीको ४० बुँदे माग सम्बोधन नहुँदा मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएको थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ०४८ मा गृहमन्त्री बनेका देउवा ०५२ मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो ।

दोस्रोपटक १४ महिना

११ साउन ०५८ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो । दोस्रो कार्यकाल १४ महिना रह्यो । यो अवधि निकै उतारचढावपूर्ण रह्यो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेका वेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले १९ जेठ ०५९ मा देउवालाई प्रधानमन्त्री भएकै वेला साधारण सदस्यताबाट समेत निष्काशन गर्नुभएको थियो ।

त्यसपछि ४ असोज ०५९ मा देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्नुभयो । अलग कांग्रेस गठन गरेको १५ दिनपछि नै देउवा तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा अपदस्थ हनुभयो । निर्वाचन गराउन नसकेको भन्दै ज्ञानेन्द्रले देउवालाई अक्षम घोषणा गर्नुभएको थियो ।

तेस्रोपटक आठ महिना

पहिले अक्षम घोषणा गरे पनि तत्कालीन राजा ज्ञानेन्द्रले २८ जेठ ०६१ मा देउवालाई पुनः प्रधानमन्त्री बनाउनुभयो । तर, आठ महिनापछि १९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिनुभयो । तेस्रोपटकको देउवाको प्रधानमन्त्रीकाल आठ महिनाभन्दा अघि बढ्न सक्नुभएन ।

देउवाका सबल पक्ष : कुनै पनि विषयलाई अड्काउन नहुने भन्दै समस्याको गाँठो छिटै फुकाउन लचिलो

कमजोर पक्ष :  शक्तिमा आउन सबै अस्त्र परिचालन गर्ने आरोप देउवालाई लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया