बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किने सीमामा पुगेका थिए । तर सधैंजसो उनले त्यो सीमा पार गर्न पाएनन् ।

त्यसरी फर्किने उनी एक्ला थिएनन् । कतारमै कम्पनी भएकाहरु आफ्ना क्याम्प फर्के । साउदी, कुवेत, यूएई र बहराइनबाट आउनेहरु बोर्डरछेउ गाडी रोकेर बसेका छन् । उनले भने, ‘उता चार मुलुकबाट सामान लिएर आएका साथीहरु पनि साउदीतर्फको बोर्डरमा अड्किएका छन् ।’

आतंकबादलाई सघाएको भन्दै छिमेकी मूलुकले कतारसँगको सम्बन्ध विच्छेद गरेपछि त्यहाँ स्थिति झनै खराब त हुने होइन भन्नेमा नेपाली कामदार चिन्तित छन् ।

‘हाम्रो रोजगारीको भविष्य र दैनिक जिवन के हुन्छ ?’ उनले भने, ‘हामी त अन्यौलमा छौं ।’ कतारमा झण्डै चार लाख नेपाली विभिन्न सेवामा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया