मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

भरतपुर – मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्देशन कुरेर बसेका छन् । चितवनका दलहरुले मतगणना सुरु गर्न र वडा नम्बर १९ मा पुनः निर्वाचन गराउन माग गर्न थालिसकेका छन् ।

एमालेले पुन निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ । माओवादी र कांग्रेसले निर्वाचन ऐनको धारा उपधारा उल्लेख गर्दै वडा नम्बर १९ मा तत्काल पुनः निर्वाचन गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया