Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – ललितपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । एमालेले मतगणना स्थगित गर्न निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेकाले गणना स्थगित भएको हो ।

एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिनु भएको थियो । उहाँले तीन वडामा पुनः मतगणना माग गर्दै निर्वाचन अधिकृत समक्ष उजुरी दिँदा सुनुवाई नभएको भन्दै आयोगमै उजुरी दिनु भएको हो ।

२६ नम्बर वडासम्मको मतगणना सार्वजनिक हुँदा मेयरमा कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जनले २३ हजार ५ सय ३९ र एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले २३ हजार ३ सय ३६ मत पाउनु भएको छ ।

तपाईको प्रतिक्रिया